हलिवूड/बलिवूड

घरमा बस्नै नसक्ने भइन् रिया चक्रवर्ती, नयाँ घर खोज्न भन्दै लामो समय पछि बाहिर निस्कदा पनि भोगिन् यस्तो समस्या

एजेन्सी । सुशांत सिंह राजपूत मृत्यु घटना पछि उनको प्रेमिका रिया चक्रवर्तीले निकै समस्या भोग्नु परेको थियो । उनी प्रहरी हिरासतमा पुगिन् । उनका भाईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । अहिले उनीहरु अदालतले रिहा गर्न आदेश दिएपछि घर फर्किएका छन् । तर अहिले बसिरहेको घरमा मिडिया र समाजले निकै समस्या पारेपछि उनीहरु नयाँ घर खोज्दै हिडेका छन् ।

धेरै महिना पछि, रिया र भाई शोभिक पहिलो पटक घरबाट बाहिर भेटिएका हुन् । दुबैलाई वांद्रास्थित एक भवन बाहिर देखिएको थियो। स्रोतका अनुसार रिया र शोविक बांद्रामा नयाँ घर खोज्न गएका थिए। यस समयमा, रियाको तस्बिर लिन खोजेका क्यामेरालाई उनले छल्न खोजेकी थिइन् । शोभिकले पनि क्यामेरा फेस गर्न चाहेनन् ।

रिया हाल मुम्बईक जुहू तारा रोड स्थित प्राइमरोज अपार्टमेन्टमा बस्छिन्। उनी यहाँ आफ्ना बाबुआमा र भाईसँग बस्छिन्। सुशान्त घटनामा रियाको एफआईआर पछि उनको घरमा सीबीआई, एनसीबी र ईडीले निकै समस्या पारेको थियो ।

सुशान्तको अचानक मृत्यु पछि प्रेमिका रियालाई सो घटनामा मुछिएको थियो । शुसान्तलाई देह त्याग गर्न बाध्य पारिएको भन्दै रियालाई आरोप लगाइए पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । सुशान्तका बुवा के के सिंहले रिया विरुद्ध उजुरी दिएका थिए । रियाले सुशान्तलाई ला’गु औ’ष’ध दिने गरेको आरोप लगाइएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button