समाचार

काठमाडौंमा बिहानै पानी पर्‍यो, कहिलेसम्म मौसम खराब रहन्छ ?

काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले बताए ।

हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो प्रणाली पुस २२ गते (बुधबार) देखि कमजोर हुँदै जाने पूर्वानुमान छ ।

Related Articles

Back to top button