समाचार
घट्यो की बढ्यो सुनको भाउ ? हेर्नुहोस् कति छ आजको मूल्य
काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ स्थिर छ।
आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको भाउ ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।