नन्दा अब छिटटै आँखा देख्न सक्ने हुँदै,नन्दाको आँखाको उपचारको लागि यस्तो तैयारी हुदै (भिडियो सहित)
कालिकोट स्थायी घर भएकी नन्दा सिंह आफैमा एक दृष्टिबिहिन हुन । भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाइ संग विवाह बन्धनमा बाँधिएर अझ बढी चर्चा कमाउन सफल नन्दा संह, २ वर्षको उमेर हुँदासम्म आँखा देख्थिन । तर जब उनलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उनी धेरै लामो समय सम्म बिरामी भइन । त्यसपछि नन्दालाई निको नभएपछि घर गाउँ सबैले अब यो म”री भनेर सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए।
हो त्यतिनै बेला संयोग पनि कस्तो भैदियो, त्यतिनै बेला राति चलमलाएर नन्दा ब्युँझिन । त्यसपछि यो यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँ”चेको थाहा भयो। तर बाँ”चे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि आँखा देख्ने उनि त्यसपछि भने नदेख्ने भइन्, बाल्यकाल पनि अन्धकारमै बित्यो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
“बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्”थ्यो, बाल्यकालमा आँखा न”देख्ने अ”न्धी भनेर हे”प्थे ।” नन्दाले भावुक भएर सुनाइन् । तर मेरो मनमा एउटा आँ”ट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई द”ह्रो बनाए। नन्दाले बताइन् । त्यसपछि नन्दा आफ्नी मिल्ने साथी संग काठमाडौ आइन र काठमाडौंमा बाल-आश्रम चलाइन र अहिले पनि चलाइरहेकी छिन् ।
उनले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेत संग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अना”थालय सञ्चालन गरे । आफैमा दृष्टिबिहिन, आफुलाई नै अरुको साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् ।