समाज

बल्ल रीमाले दिईन मुख भरिको जवाफ

काठमाडौं । रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् । उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनी ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् ।

रिमाले आफ्नो प्राथमिक शिक्षा हिमालयन विधा मन्दिरबाट प्राप्त गरिन् भने प्रवेशिका परीक्षा चाहिं नभरत्न माध्यमिक बिद्यालय काभ्रेपलाञ्चोक जिल्ला पनौतीबाट गरिन् । हाल उनी पिनाकल एकेडमीबाट मास कम्युनिकेसन विषय लिएर स्नातक गर्दै छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् । रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्याम्पियन’ उनले उद्घोषण गर्दै आएकी छन् ।

फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनी अभिनित फिल्म ‘मिस्टर नेपाली’ केही पहिले रिलिज भएको थियो । तर उनले अभिनय भन्दा बढी चर्चा रियालटीशोबाट पाउने गरेकी छन् । अभिनय होस् वा रियाटली शो उनी जहाँ रहेपनि मिडिया तथा प्रशंसकको एउटा प्रश्न भने सधैँ तेर्सिने गर्दछ – विवाह कहिले गर्ने ?

अहिले एक प्रशंसकले पनि उनलाई इन्सटाग्राममार्फत् यहि प्रश्न राखेका छन् । जसको जवाफमा उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ ।

‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी रीमा अभिनित ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा छ । अभिनय करियरमा खासै राम्रो फिल्म दिन नसकेकी उनले २०७२ सालमा रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, सो विवाह दुई बर्षभन्दा बढी टिक्न सकेन । त्यसपछि उनी सिंगल रहदै आएकी छन् ।

Related Articles

Back to top button