समाचार

नेपालगन्जमा जब गुडिरहेको बस घरभित्र पस्यो, एक जनाको मृत्यु सात घाइते

नेपालगन्जमा गुडिरहेको बस घरभित्र पसेको छ । बसभित्र यात्रुहरु समेत थिए । बस नेपालगञ्जबाट कोहलपुर जाँदै थियो । बस अनियन्त्रित भएर घरभित्र छिरेको बताइन्छ ।

त्यहाँको कारकाँदो सिद्धार्थभ्यू नजिक भएको उक्त दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, कोहलपुर गैरहेको ट्याक्टरलाई बसले ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । अनियन्त्रित बस अटो रिक्सा बनाउने पसलमा घुसेको थियो ।

जसमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जानकारी दिए ।

बसमा सवार ५, सडकमा हिडेका १ तथा एक मोटरसाइकल चालक घाइते भएका छन् । घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको दैनिक नेपालगञ्जले समाचार लेखेको छ । सांकेतिक तस्वीर **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button