शरीरमा आएका मुसा तथा कोठीले दिक्क हुनुहन्छ ? यी उपाय अपनाउनुहोस्, केही दिनमै गाएब
काठमाडौँ । कयौँ मानिस शरीरमा आएका अनावश्यक मुसा तथा कोठीका कारण दिक्क भएका हुन्छन्। जसका कारण उनीहरुको सुन्दरतामा समेत असर परिरहेको हुन्छ।
यस्ता मुसा तथा कोठीबाट छुटकारा पाउने धेरैको चाहना हुन्छ। आज हामी तपाईलाई यस्तो समस्याबाट छुटकारा पाउने केही घरेलु उपायका बारेमा चर्चा गर्दैछौँ ।
आउनुहोस् जानौँ ती घरेलु उपायका बारेमा
१) स्याउको जुसले पनि मुसा तथा कोठीलाई जरैदेखि निर्मुल पार्ने काम गर्दछ। तपाईले हरेक दिन कपासको सहयोगले कम्तिमा ३ पटक स्याउको रस लगाउनुहोस् । यसो गर्दा कोठी वा मुसा सुकेर हटाउने गर्दछन्।
२) चुकुन्दरको पातले पनि मुसा तथा कोठी हराउन सहयोग गर्ने गर्दछन्। चुकुन्दरको पातलाई पिसेर त्यसमा थोरै मह मिसाउनुहोस् र मुसा तथा कोठीमा लगाउनुहोस्। यसो गर्दा केही दिनमै मुसा तथा कोठी हराएर जाने गर्दछन्।
३) बदामलाई मसिनो गरेर पिस्नुहोस् र त्यसमा गुलाव पाउडर मिसाउनुहोस्। उक्त पेस्ट कोठी वा मुसामा लगाउनुहोस्। हरेक दिन यो पेस्ट लगाउँदा केही दिनमै मुसा र कोठी गाएब हुन्छन्।
४) मौसमको रसले पनि कोठी तथा मौसम गाएब गर्न सहयोग गर्ने गर्दछ। यस बाहेक काजुको टुक्राले पनि मुसा वा कोठी हटाउने काम गर्दछ।
५) चुना र घ्यू मिलाएर एक पेस्ट तयार गर्नुहोस् । उक्त पेस्टलाई हरेक दिन मुसामा लगाउनुहोस्। उक्त पेस्ट लगाउँदा पनि मुसा वा कोठी अचानक आएब हुन थाल्दछन्
६) फिटकिरी र मरिजको पेस्टले पनि मुसा वा कोठी हटाउने काम गर्दछ।
७) अगरबत्तिको खरानीलाई पेस्ट बनाएर लगाउँदा पनि मुसा वा कोठी गाएब हुने गर्दछ।
८) लसुनको पेस्ट बनाएर लगाउँदा पनि मुसा वा कोठी गाएब हुने गर्दछ।
९) धनियालाई पिसेर पेस्ट तयार गर्नुहोस् । यसलाई केही दिनसम्म मुसा वा कोठीमा लगाउनुहोस्। यसो गर्दा पनि मुसा वा कोठी गाएब हुने गर्दछन्।
१०) आलुको रसलाई लगाउँदा पनि मुसा वा कोठी गाएब हुने गर्दछन्।
११) प्याजको रसले पनि कोठी वा मुसा हटाउने काम गर्दछ।