शाहरुख खानको जिम्मामा बलिउडले किन्यो नेपाली चलचित्र ‘प्रेम गीत-३’
नेपाली चलचित्र ‘प्रेम गीत–३’ हालै भारतीय चलचित्र निर्माण कम्पनीले किनेको छ । स्राेतका अनुसार उक्त चलचित्र भारतीय फिल्म निर्माण कम्पनी रेड चिल्लीजमार्फत भारतभर प्रदर्शन हुने गरी साउथ इण्डियन एक निर्माताले किनेका हुन् । तर, ‘प्रेम गीत–३’ टिमले भने यस विषयमा नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर मात्रै सम्पूर्ण कुराको जानकारी गराउने बताएको छ । यो चलचित्र ५ करोड भारतीय रुपैयाँ ‘आठ करोड नेपाली रुपैयाँ’मा शाहरुख खानको कम्पनी रेड चिल्लीजले भारतभरका हलमा प्रदर्शनका लागि जिम्मा लिएको छ ।
तर, चलचित्रलाई साउथ इण्डियन एक निर्माताले किनेका हुन् । सन्तोष सेन र चलचित्रका अभिनेता प्रदिप खड्काले सोमवार मात्रै मुम्बईमा यस विषयमा हस्ताक्षर समेत गरेका छन् । अब यो चलचित्र प्रदर्शन हुँदा बलिउड र नेपालका हलमा एकसाथ प्रदर्शन हुनेछ । तथापी यो चलचित्र रेड चिल्लीजमार्फत प्रदर्शन भयो भने यसको डिजिटल राइट्स भने ओएसआरबाट फुत्किनेछ । सन्तोष सेन, अर्का एक निर्माता तथा ओएसआर डिजिटल मिलेर प्रेम गीत–३ निर्माण गरेका हुन् । अब भारतमा यो चलचित्र विक्री भएसँगै डिजिटल राइट्सबारे विवाद हुन सक्ने आँकलन गरिएको छ ।
काठमाडौं र मनाङको हिउँमा खिचिएको यो चलचित्र साढे ३ करोड हाराहारी बजेट खर्च गरिएर निर्माण गरिएको हो । प्रेम गीत ३ मा शिव श्रेष्ठ, सुनिल थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, प्रदिप खड्का, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।