समाचार

बढुवा भएको खुशीमा एसएसपीले किनेको मिठाइमा मान्छेको नङ भेटिएपछि…..

काठमाडौं । कुनै काममा सफलता मिल्दा खुसी साट्ने एक प्रमुख माध्यम हो मिठाई । नेपाल प्रहरीका एक एसएसपीले आफ्नो बढुवा भएको खुसीयालीमा मिठाई मगाए । हालै डीआइजी सिफारिसमा भएका एसएसपीले पदोन्नतीको सिफारिस भएको खुशीमा मिठाइ बाड्न आँगनबाट किनेका थिए।

उनले घरमा लिएर गएको मिठाइ भित्र नङ भेटियो। मिठाई उत्पादनमा राम्रो मानिँदै आएको आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईमा नङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौं प्रहरीले छा’पा मा’रे’को छ ।

मिठाईमा अखाद्य बस्तु फेला परेको सुचना आएपछि प्रहरी टोलीले मुचुल्का गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए ।

सो मिठाई खोल्दा नङ भेटिएपछि प्रहरी एसएसपीले काठमाडौं प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत मालिगाउँका डिएसपी खुमलाल भुषालको टोली घटनास्थलमा पुग्यो । खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई आवश्यक कारबाही अघि बडाउनका लागि जिम्मा लगाइएको डिएस्पी भुसालले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान थालेको छ । अखाद्य वस्तु मिसावटसम्बन्धी मु’द्दाको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान थालेको हो ।

Related Articles

Back to top button