समाचार

रुकुमका एक परिवारको प्रहरीलाई नै चकित बनाउने ठगी धन्दा ! दाजुबहिनी काठमाडौमा, जेठा दाई भारत र माइला दाई मलेसियामा बसेर नेपालमा करोडौंको ठगी धन्दा

काठमाडौ । कुनै पनि अभिभावकले आफ्ना सन्तान राम्रो काममा लागुन्, समाजमा नाम कमाउन भन्ने चाहन्छन् । उनीहरुलाई राम्रो वाटोमा लगाउन मेहनत गर्छन । तर नेपालमै यस्ता परिवार पनि छन् जो सबै ठगीमा लागेका छन् ।

पूर्वी रुकुमको भुमे गाउँपालिका घर भएका एक परिवार काठमाडौ, भारत र मलेसियामा बसेर नेपालीलाई ठगी गर्ने गरेका छन् । छोराछोरी ठगीमा लागेका छन् भने उनका बुवा ठगीकै घटनामा जे लमा छन् ।

सन्तोष (२२ वर्ष) र आशा श्रेष्ठ (१९ वर्ष) काठमाडौमा बस्छन् । उनीहरुका जेठा दाजु भारतमा बस्छन् भने अर्का माइला दाई मलेसियावाट नेपालीलाई ठगी गर्छन । भारतमा बस्ने दाईले योजना बनाउँछन्, काठमाडौमा भएका दाई बहिनीले ठगी गर्छन अनि मलेसियामा भएका दाईले सहयोग गर्छन । पूर्वी रुकुमको भुमे गाउँपालिका–३ मोरवाङका हुन उनीहरु ।

फेसवुक र ह्वाट्सएप मार्फत विदेशी नागरिकको भेषमा कुरा गरेर उनीहरुले ठग्ने गरेको प्रहरीले जनाएको छ । सन्तोषले विदेशी नागरिकको फोटो राखेर फेसबुक चलाउँने विदेशमा छु भन्दै नेपाली युवतीलाई जालमा पारेर पैसा ठगी गर्ने गरेका थिए ।

काठमाडौंकी एक अधबैंशे महिलालाई उनले फेसबुकमा रिक्वेस्ट पठाए । ‘म बेलायतमा छु, मेरी पत्नी छैन्, तिमीसँग विहे गरेर लण्डन शहर घुमाउने र सँगै जिउने इच्छा छ’ भन्दै जालमा फसाए ।

विदेशवाट करोडौं पर्ने हिराको गहना गिफ्ट पठाएको छु भन्दै खबर गर्छन । त्यसपछि भन्सार प्रमुख र भारतीय रिजर्व बैंकको मेनेजर बनेर जेठा दाईले फेरी महिलालाई फोन गर्छन । तपाईको गिफ्ट भारतमा आइपुगेको छ । तर त्यसको भन्सार (कर) का लागि पैसा पठाउनु भन्दै । करोडौको गिफ्ट पाउने लोभमा महिलाले २५ लाख रुपैया पठाउँछिन् ।

दाईको डिलअनुसार सन्तोष र आशाले नेपालमा आइएमईमार्फत प्राप्त हुने पैसा निकालेर भारतमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

माईला दाई मलेशियामा बस्छन् । बेलायती र अष्ट्रेलियन नागरिक बनेर कुरा गरेर ह्वाट्स एपमार्फत पठाएको सामान मलेसिया आईपुगेको भनेर माईलो दाईले त्यहाँका नम्बरबाट पनि पीडितलाई फोन गरेर विश्वास दिलाउँछन् । वुवाचाहिँ वैदेशिक रोजगार ठगी मुद्धामा जेलमा छन् ।

यी दाजु बहिनीबाट ठगिएका तीनजना महिला अहिले प्रहरी सम्पर्कमा आएका छन् । एक जनालाई चिठ्ठा परेको भनेर ५ लाख र अर्की एकजनालाई ११ लाख ठगेको पीडितको दावी छ । ठगीका लागी उनीहरुले धेरैजसो महिलालाई नै टार्गेट गर्थे ।

Related Articles

Back to top button