कोरोनाले रोकिएको लाइसेन्स परीक्षा सातै प्रदेशमा खुल्यो, यसरी दिनुहोस् आवेदन [ तरिकासहित ]
काठमाडौ । कोरोना भइरस (कोभिड–१९) महामारीको कारण बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा खुला भएको छ । परीक्षाका लागि अनलाइन आवेदन दिन सकिन्छ । फारम खुला ९ महिनापछि भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
अरु सरकारी काम अगाडि नै खुले पनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको हो। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी मंगलबारदेखि आवदेन खुला गरेको हो।
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ। अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।
पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने।