भिडियो

टिकटकमा भाइरल सचिन परियार अन्ततः आयुषासँग दोहोरीमा भिडे, पर्यो टक्कर (भिडियोसहित)

काठमाण्डौ । यतिबेला सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन् । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन् । सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादानपनमा दिईएको जवाफले सबैलाई हँसाएको पनि थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

टिकटकमा भाईरल भएका सचिनको इच्छा आफ्नो कार्यक्रम ईन्द्रेणीमा आउने रहेछ भन्ने जब कार्यक्रमका प्रस्तोता कंडेलले थाहा पाए त्यसपछि उनैले सचिनलाई काठमाण्डौ आउन निम्तो दिए । आफुलाई कृष्ण कंडेलले अंकलले बोलाएको भन्ने थाहा पाएका सचिन खुशी खुशी साथ काठमाण्डौ आई पुगेपनि । अन्ततः सचिन र कृष्णको कार्यक्रममै भयो निकै रमाईलो कुराकानी । त्यही कुराकानी कै क्रममा सचिनलाई जब कृष्णले आफ्नो नाम सोधे तब सचिनले जवाफ दिएका थिए,‘कृष्ण कंडेल अंकल’ ।

सचिनको यो जवाफ सुनेर प्रस्तोता कंडेल निकै नै खुशी भएका थिए । उनले उत्साहीत हुँदै सचिनलाई अरुपनि प्रश्न गरे,‘मैले के गर्छु थाहा छ ?’ उनको यो प्रश्नको जवाफ सचिनले निकै हाँसो लाग्दो पारामा दिएका थिए,‘तपाईँले माईक फुक्ने काम गर्नु हुन्छ ।’ सचिनको यो कुरा सुनेर कार्यक्रम प्रस्तोता कंडेलसंगै त्याहाँ उपस्थित सबै जना हाँसेका थिए । सोही कुराकानी र सचिनको कार्यक्रम इन्द्रेणीमा रहेको प्रस्तुतीको केही अंश । भिडियोसहित

Related Articles

Back to top button