समाचार

बागमति प्रदेशमा खुल्यो १,१५२ पदमा जागिर, तपाई के मा दरखास्त दिने?

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगमा एकै पटक धेरै जागिर खुलेको छ । त्यहाँ आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ ।

प्रदेश लोकसेवा कार्यालयले एक विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ ।

यसरी माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदमा खटाइने छन् ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठका अनुसार आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ ।

वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button