स्वास्थ्य/जिबनशैली

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी ५ मध्ये कुनै एक उपाय अपनाउनुहोस्

काठमाडौँ । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ। बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ।

जसका कारण शरीर र पेट भारी हुन्छ। यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ। तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन्।

१) अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।

२) ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ ।

३) तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्।

४) बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।

५) जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन।

Related Articles

Back to top button