समाचार

स्कूटरसंग ठक्कर खाएको मोटरसाइकलमा सडकमै हुरहुरी आगो लागेपछि

काठमाडौ । स्कूटरमा ठक्कर खाएको मोटरसाइकलमा हुरहुरी आगो बल्न थालेपछि वरपरका सबै डराए । रुपन्देहीको गैडहवा गाउँपालिकाको मोटरसाइकलमा अचानक आगलागी भएको हो। रोकी राखेको स्कुटरमा मोटरसाइकल ठक्कर खाएको थियो ।

लु१ब १४३४ नम्बरको एबेन्जर मोटरसाइकल स्कुटरसँग ठक्कर खाएपछि आगलागी भएको हो। शनिबार सैनामैना नगरपालिका बुद्धनगरस्थित गैरे डिजल्स अगाडि लु६४प ३६५० नम्बरको स्कुटरसग ठक्कर खाएको थियो।

मोटरसाइकल चालक दीपक घिमिरे भने सकुसल रहेका छन्। दुर्घटना पछि मोटरसाइकल पल्टिएलगत्तै आगो लाग्न सुरू भएपछि स्कुटरलाई भने तानेर जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

आगो लागेपछि मोटरसाइकल पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। आगो लागेपछि केहीबेर सडक नै अवरुद्ध भएको थियो। **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button