बिस्व समाचार

पेटमा छोरी छ भन्ने थाहा पाएपछि पतिले पेट चि’रिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

बिबिसी – पतिले पेट चि’रिदिए’की एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ। ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आ क्रम’ण गरिएको आ’रोप लगाएको छ। ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई द’बाव दिने गरेको उनीहरूले बताएका छन्। पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो। प्रहरीले बीबीसीलाई बताएअनुसार पे’ट चि’रिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ। उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो।

उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै ग’म्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो। स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले ह ति’या’र ‘प्र’हा’र गरेको तर त्यसले उनलाई ग म्भीर चो’ट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन्।

“मेरा पाँच छोरी छन्। एउटा छोराको मृत्यु भएको छ। बालबालिका ईश्वरका देन हुन भन्ने मलाई थाहा छ। अब जे हुनु थियो त्यही हुन्छ,” उनले भने। प्रहरी अनुसन्धान जारी छ।

भारतीय अभिभावकहरूमा छोरीको सट्टा छोरा जन्माउने चाहनाले गर्दा त्यहाँ महिला र पुरुषको सङ्ख्यामा असमानता देखिएको छ। भारतमा पछिल्लो ५० वर्षमा करिब चार करोड ६० लाख बालिका “गायब भएको” एउटा राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ। प्रत्येक वर्ष करिब ४,६०,००० बालिकाहरू गर्भपतनको सिकार हुन्छन्। त्यस्तै लापरबाहीका कारण छोरीहरूको जन्म पछि मृत्यु हुने दर पनि उच्च छ।

Related Articles

Back to top button