समाचार

प्रधानमन्त्री ओलीले दिए अर्को झट्का, चर्चामै नआएका ५ जनालाई बनाए मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । चर्चामै नआएकाहरुलाई मन्त्री बनाएर ओलीले अर्को झट्का दिएका छन् । समाचारहरुमा मन्त्री बन्ने सम्भावना भन्दै आएका नामहरु एउटा पनि परेका छैनन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी )नेकपा) मा दुई समूह बनेसँगै पाँच मन्त्रीले राजीनामा दिएका थिए । खाली रहेको सोही पदमा उनले नयाँ मन्त्री थपेका हुन् ।

शुक्रवार साँझ बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो समूहका पाँच नेतालाई नियुक्त गरेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ, र गौरीशंकर चौधरी मन्त्री बन्दैछन् ।

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार हुँदा प्रभु साह श्रम, मणि थापा पर्यटन, टोपबहादुर रायमाझी ऊर्जा, दावा तामाङ शिक्षा र गौरीशंकर चौधरीले खानेपानी मन्त्रालको जिम्मेवारी पाएका छन् ।

शुक्रवार ने राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नयाँ मन्त्रिलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

Related Articles

Back to top button