समाचार

संसद विघटन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दियो यस्तो आदेश

काठमाडौ । संसद विघटन विरुद्ध परेको रिटमा शुक्रवार सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । विहिवार र शुक्रवार भएको वहस पछि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको । अब सरकारले आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्नुपर्नेछ ।

यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउने पनि निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्ध १२ वटा रिट परेका छन् । विहिवारवाट वहस सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

Related Articles

Back to top button