बिहीबार भूलेर पनि नगर्नुहोस् यी ४ काम, निम्तिन सक्न समस्या
काठमाडौँ । ज्योतिषशास्त्रमा साताको सबै दिन अलग अलग कारण ग्रह बताइएको छ। आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको कारक ग्रह चन्द्र हो ।
त्यस्तै मंगलबारको मंगल, बुधबारको बुध, बिहीबारको गुरु, शुक्रबारको शुक्र र शनिबारको शनि कारण ग्रह हो। हरेक दिन कारक ग्रहका अनुसार शुभ काम गर्नु पर्ने र अशुभ कामबाट बच्नु पर्ने शास्त्रका उल्लेख गरिएको छ। ज्योतिषाचार्य मनिष शर्माले बिहीबार गर्न नहुने कामका बारेमा जानकारी दिएका छन्।
बिहीबार नगर्नुहोस् यी काम
महिलाले कपाल ननुहाउनुहोस्
बिहीबार महिलाले कपाल ननुहाउनुहोस्। बिहीबारका कारक ग्रह गुरु हुन् र जो वैवाहिक जीवनका कारण मानिन्छन्। बिहीबार कपाल नुहाउँदा गुरु ग्रह कमजोर भएर वैवाहिक जीवनमा समस्या आउने विश्वास गरिन्छ।
कपाल नकाट्नुहोस्
यदी तपाई बिहीबार कपाल कटाउने तथा दाह्री काट्ने काम गर्नुहुन्छ भने आजैबाट छोडिदिनुहोस्। यसो गर्नु अशुभ मानिन्छ।
पोछा नलगाउनुहोस्
समान्यतया साताको बिहीबार घरमा पोछा नलगाउनुहोस्। वास्तुका अनुसार घरको उत्तर पूर्व दिशा अर्थात ईशान कोणका कारण ग्रह गुरु हुन्। त्यस्तैले घरको यो दिशामा पुछा लगाउँदा गुरु ग्रह अशुभ हुने धार्मीक विश्वास छ।
नङ नकाट्नुहोस्
यदी कोही व्यक्तिले बिहीबार नङ काट्ने गर्नुभएको छ भने त्यसलाई अशुभ मानिने गरिन्छ। यसो गर्दा काममा बाधा व्यवधान बढ्ने र वैवाहिक जीवनमा अशान्ति हुने शास्त्रमा उल्लेख गरिएको छ।