समाचार
आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?
काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको भाउ बढेको छ।
आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।