समाचार

रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी

रसुवा : रसुवाको आमाछोदिङमाे गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए ।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

सुर्खेतको पञ्चपुरीमा एमालेको अग्रता

सुर्खेतको पञ्चपुरी नगरपालिकामा एमालेले अग्रता लिएको छ । नगर प्रमुखका एमालेले अग्रता लिएको छ भने कांग्रेस पछिपछि आएको छ । हाल ६०० मतगणना हुँदा एमालेका उम्मेदवार धनबहादुर थापाले ३१७ मत प्राप्त गरेका छन् भने कांग्रेसका लालवीर भण्डारीले २११ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी दुर्गाकुमारी जैसीले ३०० मत र कांग्रेसकी मुक्तिदेवी रेग्मीले २२६ मत प्राप्त गरेकी छन् । हाल पञ्चपुरी नगरपालिका–१ को मतगणना भइरहेको छ ।

Related Articles

Back to top button