भिडियो

भोट हाल्न गएका माधव नेपालमाथि ठूलो आपत, भिडियो भाइरल (हेर्नुस् भिडियोसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि ठूलो अपमान र दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। मतदाताले लगाएको नारावाला भिडियो सामाजिक सञ्जालमा छाएको छ । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए। नेपाललाई एमाले नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आकलन गरिएको छ।

यस्तै यता नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका हुन ।

‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन,’ उनले भने,’यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी बन्ने हो भन्ने भूमिका महत्वपूर्ण रहेको नेपालले बताए । ‘यसमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ ,’ उनले भने ।

नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।

Related Articles

Back to top button