समाचार

दुखद खबर : मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको निधन

स्याङ्जाको वालिङ नगरपालिका १४ मा मतदाता बोकेको जिप दुर्घटनामा परेको छ ।

वालिङ १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको उनले बताए ।

‘‘१० जनाको मृत्यु पुष्टि भइसकेको छ । अन्य केही घाइतेलाई पोखरा रिफर गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ,” उनले भने । त्यहाँका एक स्थानीयबासी भने १४ जनाको निधन भैसकेको जनाएका छन् ।

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको बताइएको छ ।

Related Articles

Back to top button