भिडियो

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

एक सातादेखि नेपालसँगै विश्वका ९१% सूचक घटेको घट्यै,आइतबारको वृद्धिले झुक्याउने हो कि ?एक सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक लगातार घट्दो क्रममा थियो। यस साताको पहिलो दिन आइतबार भने घट्दो क्रमले निरन्तरता पाएन। आइतबार मात्रै सूचक १७.९५ अंकले घटेर २२५६.५७ अंकमा उक्लियो।

गत साता शेयर सूचक लगातार घटेपछि सर्वसाधारण लगानीकर्ता तनावमा थिए। शेयर सूचक जुन गतिमा घट्दै थियो त्यही गतिमा लगानीकर्ताको मनोबल पनि घट्दै गइरहेको थियो। गत साता शेयर सूचक जसरी घटिरहेको थियो। त्यसरी सूचक घट्ने क्रम नेपालमा मात्रै सीमित थिएन। विश्वका ९१ प्रतिशत शेयर सूचक गत साता घटेर बन्द भए।

विश्वका शेयर सूचक गत सता मात्रै ओरालो लागेका पनि होइनन्,गएको एक महिना यता नै घट्दो क्रममा छ। गएको एक महिनामा ८२ प्रतिशत सूचक घटेका छन्। विश्व शेयर बजारबमा घट्दो लयलाई नेपालकाे सूचकले पनि पछ्याइ रहेको थियो।

विश्वका चर्चित स्टक एक्सचेन्जहरूमा मापन गरिने मेजर इन्डेक्स सार्वजनिक गर्ने इन्भेष्टिङ डट कमका अनुसार एक महिना यता ८४ प्रतिशत मेजर इन्डेक्समा गिरावट छ । यो गिरावट थामिनुको सट्टा थप बढ्दै गइरहेको छ। गएको एक सातामा घट्ने क्रमको प्रतिशत बढेर ९१ पुगेको छ। ६ महिना अघिबाटै बिस्तारै तल ओर्लन सुरु गरेका मेजर इन्डेक्स गत साता चरम उत्कर्षमा पुगे। सोही क्रमले नेपालको इन्डेक्सलाइ समेत पछ्यायो।

इन्भेष्टिङ डटकमले विश्वका ४६ वटा इन्डेक्सलाई मेजर इन्डेक्सका रुपमा लिनेगर्छ।४६ इन्डेक्समा नेपालको नेप्से इन्डेक्स भने पर्दैन। तर ४६ मेजर इन्डेक्सको छाँया नेप्से इन्डेक्समा समेत परिरहेको थियो। चर्चित आर्थिक पत्रिका फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने स्टक मार्केटको विवरणमा समेत विश्वका सबै जसो इन्डेक्स लगातार घटेका छन्।

गएको एक महिना यता पोल्यान्ड, ब्राजिल,अमेरिकादेखि भारतको बजारमा सबैभन्दा बढी प्रेसर परेको छ। पोल्यान्डको सूचक १५.३४ प्रतिशतले घटेको छ भने अमेरिकाको न्यास ड्याकमा ११.४२ प्रतिशतको गिरावट छ। श्रीलङ्काको सिएससी अल शेयर ८.७ प्रतिशत घटेको छ भने भारतको बिएससी सेनसेक्स ७.७६ प्रतिशतको गिरावट छ।

प्रतिशतको हिसाबले हेर्ने हो भने भारतकै तुलनामा नेपालको शेयर बजार घटेको छ। नेपालको शेयर बजारले एक महिना यता गत बिहीबार सम्म ७.४८ प्रतिशत गुमाइ सकेको छ। त्यसमा आइतबारको वृद्धिले ०.८० प्रतिशत बढाएको छ।

रुस युक्रेन युद्धले निम्त्याउँदै लगेको अभाव र अभावले बढाएको मूल्य वृद्धि विश्व शेयर बजार घट्ने प्रमुख आधार बनेका छन्। विश्व भरिनै बढ्दो मुद्रा स्फीति र त्यसलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकहरुले ब्याजदर बढाउन गरेको प्रोत्साहन नै शेयर बजारका लागि घातक बन्दै गइरहेको छ। अमेरिका मुद्रा स्फीतिको रफ्तारलाई कम गर्न सबैभन्दा पहिले ब्याजदर बढाउने राष्ट्र बन्यो। त्यसपछि श्रीलङ्काले पनि ब्याजदर बढाउने निर्णय लिएसँगै त्यहाँकाे शेयर बजारले पनि घट्दो लय समायो।

पछिल्लो समय भारतको केन्द्रीय बैंकले समेत ब्याजदर बढाउने नीति अघि सारेपछि त्यसको प्रत्यक्ष प्रभाव सेनसेक्समा देखिन थालेको छ। बढेको ब्याजदरको प्रभाव संसारभरकै स्टकमा परिरहँदा त्यसको असरबाट नेपालको शेयर बजार पनि अछुतो रहन सकेको छैन। नेपालमा पनि बढ्दो मुद्रा स्फीति र त्यसलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले ब्याजदर बढाउन गरिरहेको प्रोत्साहन शेयर बजार घट्ने मुख्य कारण बनेका छन्।

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि, यस्ती राम्री पत्निलाई किन बाहिर देखाउन चाहेनन् बालेनले ? यस्तो रहेछ रहस्य

Related Articles

Back to top button