बिस्व समाचार

नायिका अमृता रावको जिवनमा भयो ठूलो बज्रपात, अमृताले गुमाइन् बच्चा

क्यूट जोडी अमृता राव र आरजे अनमोलले आफ्नो भर्खरको भ्लगमा ठूलो खुलासा गरेका छन्। यो जोडीले आफ्नो पर्सनल लाइफको बारेमा एउटा अचम्मको कुरा भनेका छन् । अमृता रावले आफ्नो गर्भावस्था संघर्षको बारेमा बताइन् ।

४ वर्षसम्म उनीहरुले सन्तानको लागि प्रयास गरे तर उनी गर्भवती हुन सकिनन् । अमृताले गर्भधारण गर्न नसकेपछि अन्य विकल्प पनि खोजेको बताइन् । जस्तै आईयुआई सरोगेसी, आईभीएफ, होमियोप्याथी, आयुर्वेद…….। जोडीले फेरि चकित पार्ने जानकारी दिए। सरोगेसीमा आफ्नो बच्चाको मृत्यु भएको बताए ।

अमृताले सन् २०१६ मा गर्भधारणको प्रयास सुरु गरिन् । भिडियोमा अमृताले आफूलाई स्त्री रोग विशेषज्ञले बच्चाको आईयूआई गराउने सल्लाह दिएको तर त्यसको कुनै नतिजा नआएको बताईन् । त्यसपछि डाक्टरले उनलाई सरोगेसी गर्न भने ।

डाक्टरको कुरा सुनेर अमृताले भनिन्- हो, हो । म गर्भवती हुन चाहन्न । यद्धपि अमृतालाई सरोगेसीको बेफाइदा पनि थाहा थियो । त्यसपछि दम्पतीले सरोगेसी प्रक्रिया सुरु गरे । तर, डाक्टरले अमृताको शरीर एकदमै स्वस्थ रहेको पुष्टि गरेका थिए । त्यसोभए के उनी सरोगेसी मार्फत बच्चा चाहन्छन् ?

दम्पतीले कसरी डाक्टरले सरोगेट आमाको गर्भावस्थाको बारेमा जानकारी दिए र बच्चाको मुटुको चालको बारेमा बताए। त्यसपछि केही दिनपछि जोडीलाई एउटा नराम्रो खबर आयो । उनले सरोगेट आमाको गर्भमा हुर्किरहेको बच्चा गुमाएको थाहा पाए ।

Related Articles

Back to top button