समाचार

यी नै हुन टिकटक बनाउने क्रममा पुलबाट खसेर मृत्यु भएका रमेश थापा

दाङको बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकमा रहेको झुलुंगे पुलमा टिकटक बनाउने क्रममापुलबाट खसेर गम्भीर घाइते युवकको उपचारको क्रममा मृ’त्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । शनिबार दिउँसो दुई बजेतिर पुलबाट खसेपछि गम्भिर घाइते थापाको आज विहान कोहलपुर मेडिकल कलेजमा मृ’त्यु भएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button