छोरा छोरी श्रीमान् छोडेर टा’प क’सेकी सिता को माइती मिडियामा।बास्तबिकता यस्तो ज्वाँई सग यस्तो कुरा भयो(भिडियो)
(भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ)‘स्कुल जान पायौँ, अब ढुक्क छौँ’…..
काठमाडौं : कोभिड–१९ का कारण चैत ११ गतेदेखि लकडाउन भयो। शैक्षिक गतिविधि ठप्प भयो। विद्यार्थीहरू घरभित्रै बस्न बाध्य भए।
लामो समयसम्मको बन्दाबन्दीपछि सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा, २०७७’ जारी गर्याे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएसँगै अहिले उपत्यकाका केही विद्यालयहरू खुल्न थालेका छन्। ८ महिनाभन्दा बढी समयपछि स्कुल जान पाएका विद्यार्थीहरू उत्साहित देखिन्छन्।
गोकर्णस्थित स्वर्ण शिक्षा इङलिस स्कुलकी विद्यार्थी सरिता श्रेष्ठले लामो लकडाउनपछि स्कुल जान पाउँदा धेरै खुशी लागेको बताइन्। कक्षा १० मा अध्ययनरत सरिता भन्छिन्, ‘स्कुल जान पाएको दुई हप्ता जति भयो, धेरै खुसी लागेको छ, पहिला अब पढ्न नै नपाइने हो की के हो भनेर चिन्ता लागेको थियो, अहिले ढुक्क छु।’