भगवानको दर्शन गर्दा कहिलै नबस्नुहोस् मूर्तिको सिधा अगाडी, नत्र मानिन्छ अशुभ
काठमाडौँ । मनोकांक्षा पुरा होओस् भन्ने कामना सहित हामी मन्दिरमा पूजा गर्दछौँ। पूजापछि मनमा शान्ति कायम हुने गर्दछ।
तर मन्दिरमा जाँदा हामीले कयौँ गल्ति गरीरहेका हुन्छौँ, जुन हामीले याद गरिरहेका हुँदैनौँ। आज हामी धर्मशास्त्रका उल्लेख केही यस्ता गल्तिका बारेमा जानकारी दिदैछौँ।
मन्दिर जाँदा नगर्नुहोस् यी गल्त
१) मन्दिरमा दर्शन गर्दाको समय शान्त रहनुहोस्। मन्दिरमा भगवानको दर्शन गर्न जादा त्यस समयमा सधै यस कुराको ध्यान राख्नुहोस् की मन्दिरमा ठुलो स्वरमा हास्ने र चिच्चाउनु ठीक मानिदैन।
२) सही परिक्रमा गर्नुहोस्। मन्दिरमा भगवानको दर्शन गरिसकेपछि परिक्रमा गरिन्छ तर अज्ञानताको कारणले मानिसहरु उल्टो परिक्रमा गर्ने गर्दछन्। परिक्रमा सधै बायाँबाट दायाँ गर्नु पर्दछ। भगवान शिवको आधा परिक्रमा गर्नु हुँदैन।
३) मन्दिरमा प्रवेश गर्दाको समय आफ्नो साथ कुनैपनि यस्तो चिज नलानुहोस् जसलाई शास्त्रमा वर्जित मानिएको छ। जस्तै छालाको बेल्ट, ब्याग आदी।
४) मन्दिरमा जब भगवानको दर्शन गर्नुहुन्छ तब मूर्ति अगाडि बस्नु हुदैन। सधै छड्के अवस्थामा उभिने प्रयास गर्नुहोस्