समाचार

ह्वात्तै फेरि घट्यो सुनको मूल्य तोलको कति ?

काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मुल्य आज पनि ७ सय रुपैयाले घटेको छ ।

बुधबार प्रतितोला ९५ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ पुगेको छ ।त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button