समाचार

तिहार मान्न माइत गएकी गर्भवती दीपा लडिन्, शल्यकृया गर्ने क्रममा आमा र बच्चा दुवैको नि धन

काठमाडौ । दैलेखको नारायण नगरपालिका-११ विन्ध्यवासिनीमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको निधन भएको छ। माइती घरमा ल’डे’र घाइते भएकी १८ वर्षीया दीपा विकको शल्यक्रियामार्फत सुत्केरी गराउँदा निधन भएको प्रहरीले जनाएको छ। बुधबार उनी दैलेखकै भगवतीमाई गाउँपालिका २ मा रहेको माइती घरमा ल’ड्’दा गम्भीर घाइते भएकी थिइन्।

घाइते दीपालाई उपचारका लगि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। लड्दा पेटमा गम्भीर चो’ट लागेकी दीपाको अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा निधन भएको हो। उनका नवजात शिशुको पेटमै निधन भएको अस्पताल स्रोतले जनाएको छ।

दीपाका देवर पूर्ण विकका अनुसार स्वास्थ्यकर्मीले २५ मंसिरमा उनलाई सुत्केरी हुने मिति तोकेका थिए। पेटमा चो’ट लागेका कारण समय अघि नै उनको शल्यक्रिया गरिएको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला

Related Articles

Back to top button