समाचार

देशमै केही गर्छु भनेर अटो चलाउन थालेको २ महिना’मै ज्या’न गुमाए !

गुल्मीमा गएराती भएको अटो दु’र्घटनामा घा’इते थप एक जना’को मृ’त्यु भएको छ । दु’र्घटनामा ३ जना घा’इते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रेसुङ्गा नगरपालिका वडानम्बर–२ का १८ बर्षका सुरज बिकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको गएराती मृत्यु भएको थियो ।

गौडाकोटबाट तम्घास तर्फ आउदै गर्दा अनियंत्रित भइ सडक बाट अन्दाजी २०० मिटर तल खसी दुर्घटनामा गरेको प्रहरीले जनाएको छ । अटोमा सबार घाइते ३ जना मध्ये २ जनाको गुल्मी अस्पताल र १ जनाको पाल्पामा उपचार भइरहेको पठाइएको प्रहरीले जनाएको छ ।

बिपन्न र बेरोजगार गुल्मीको दुबिचौर छापा टोलका ३० बर्षीय तेजबहादुर राना पछिल्लो दुई महिना यता अर्काको अटो चलाउने काम पाएकोले अब जीविका चलाउन केही सहज हुन्छ कि भन्ने कुराको आत्मविश्वास बढेपछि औधी खुशी थिए । दुई महिना अघिदेखि तम्घासको चौडिला टोलका सोनु भन्ने व्यक्तिको अटो चलाउन उनले सुरु गरेको उनका भतिजा बिष्णु राना बताउँछन् ।

हिजो साँझ उनी घर बास बस्न आउने समय भइसकेको थियो, तर पनि दुई पैसाको लोभ उनी तम्घासबाट गौडाकोटमा रहेका चार जना कामदार लिन हिडे अटो लिएर । उताबाट ती कामदार घुम्तीसम्म हिडेर आउदै थिए ।

उनीहरु गत एक महिनादेखि गौडाकोटबाट तम्घास पुगेर पृतम क्षेत्रीको ईन्टरनेट जडानको काममा लागेको थिए । बाबू सहबिर बिक (झिरबासे) कुरुवाको सहाराबाट तमघासबाट लिन आएको अटोमा उनीहरु घुम्ती नीर चढे ।

अटो घुमाएर अगाडि बढाउन साथ तल झर्यो । बिक भन्छ्न्, ‘चढेको थाह छ तर अटो झरेको थाहै भएन ।’ घटना स्थल’मै चालक राना’को ज्या’न गयो । उनको सम्पतिका नाममा काकाले दिएको सानो एउटा झुपडी छ ।

उनका काका भन्छ्न्, ‘हामी गाउँबासीले पैसा उठाएर भर्खर शव उठाएका छौं । श्रीमति माया राना यति बेला बोल्न पनि नसक्ने अवस्थामा पुगेकी छिन् ।’ १० देखि ११ बर्ष उमेरका ३ छोरी र ६ बर्षका एक छोरा बिचल्लीमा परेको मृतक रानाका छिमेकीले बताए । मृतक राना १२ बर्षको उमेरमै बाबू आमा गुमाएर बेसहारा थिए । त्यसपछि काकाको घरमा आश्रय लिए ।

उनीहरुको मृ’त्युमा का’ज कि रि’या गरेपछि रानाले त्यो बाँस अंशको रुपमा पाएका थिए । त्यो बाँस पनि बाटोको छेउमा छैन । छापा टोलको तल छ । गरीब मजदुरहरुको बस्ती भनेर चिनिने थलो हो त्यो ।

रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदयबहादुर थापा भन्छ्न्, ‘पौने ९ बजेतिर दुर्घटनाको खबर पाउन साथ हामी पुग्यौं र बिहान ३ बजेतिर फर्केका हौ । उपचारका लािग पाल्पा पठाउन २ जनालाई ३० हजार दिएर पठाइएको हो । सबै जना गरीव मजदुर हुन ।’

तम्घासमा उपचार गराइएका दुई जना पनि मजदुर नै हुन । पाल्पामा उपचार गराइएका एकजनाको भोलि टाउकोमा अ प्रे’सन गरिने बताइएको छ । दुबै मृ’त क’का परिवारजन’को उद्घारमा सबैले सहयोगी हात बढाउन स्थानीयले अपील गरेका छन । न्युज २४ नेपालको लागि प्रेम सुनारले लेखेको समाचारबाट साभार

Related Articles

Back to top button