Tips

सुन्तलाको बोक्राले पनि बनाउँछ अनुहार गोरो र चम्किलो, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ। विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ। यसले छालालाई धेरै समस्याबाट बचाउँछ।

सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ। सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ। यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ।

सुन्तलाको बोक्राको फाइदा

एक्नी हटाउन
सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ।

मरेको छाला हटाउन
अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ। अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ।

त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ।

फोहोर सफा गर्न
छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ । र प्राकृतिक चमक ल्याउँछ।

चमक
सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ। सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ।

तैलिय छालाको उपचार
सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले अनुहारमा तेल उत्पादन रोक्छ। यसमा मोस्चराइजिङ गुणले छालालाई हाइड्रेटेड र कोमल बनाउँछ।

कलिलो छाला
सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ।

Related Articles

Back to top button