भिडियो

“म घर आउदैछु” भनेकी छोरीको १२ घण्टा नबित्दै आयो ह त्या भएको खबर (भिडियो हेर्नुस्)

करिव ३ वर्ष अगि बैदेशिक रोजगारीका लागि दुबै पुगेकि मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ धप्पड घर भएकी २८ वर्षिय कौशिला मगर करिव ३ महिनादेखी सम्पर्क बिहिन भए पछि उनका परिवार मिडियामा आएका छन । आफू अब घर आउन लागेको भन्दै कुरा गएको एक दिन पनि नबित्दै दुबैबाट कौशिला बसेको ठाउँमा कसैको हत्या भएको भन्दै खबर आएको कौशिलाकी आमाले बताएकी छिन । त्यहाँ बस्ने एक जनाको ह”त्या भएको र अन्यलाई प्रहरीले जेल लगेको भनी खबर आएको उनले बताईन ।

३ वर्ष अघि दुबै पुगेकी कौशिला दुबैको एक नेपाली होटलमा काम गर्दै आएको कौशिलाकी आमाले बताईन । गत दशैँ भन्दा केही समय अघि आफू अब केही समय पछि घर आउने छोरिले फोन सम्पर्कमा भनेको उनले बताईन । कौशिला काम गर्ने होटेलका संचालक पनि नेपाली नै भएकोले उनी पनि आफुसगँ बोलेर कौशिलालाई छिट्टै नेपाल पठाईदिने बताएको कौशिलाकी आमाको भनाई छ । पि सि आर चेक गर्न केही समय लाग्ने र त्यसपछी कौशिलालाई घर पठाईदिने ती होटल संचालकले बताएको कौशिलाकी आमाको भनाई छ ।

उर्लाबारीका एक आफन्त पनि दुबै मै भएको र उनी दशैमा घर आउने थाहा पाए पछि आफुले उनलाई कौशिलालाई पनि सगैँ लिएर आउन भनेको उनको भनाई छ । अघिल्ली दिन आफू छोरी र होटल संचालकसगं कुरा गरेको र उस्ले पनि पठाउने भनेकोले उर्लाबारिका ती आफन्तलाई आफुले कौशिलालाई भेटेर कुरा गराउन भने पछि उनी कौशिला बसेको स्थानमा गएको कौशिलाकी आमाले बताईन । त्यहा पुगेर उनले आत्तिदै फोन गरेर बहिनिलाई कसैले घाँ’टी का’टे’र मा’रे’को र प्र’हरिले त्यहाँ ताल्चा लाएर गएको त्यहा कोहि नभएको उनले फोनमा बताएको कौशिलाकी आमाले बताईन ।

केही दिन पछि भने फेरि तिनै आफन्तले कौशिला बसेकै स्थानमा बस्ने अर्कै महिलाको ह”त्या भएको र त्यहाँ हुने सबैलाई प्र”हरिले प”क्रा’उ गरि लगेको भनी बताएको उनको भनाई छ । तर अहिलेसम्म कुनै पनि कुराको स्वतन्त्र पुष्टि भने भएको छैन । आफ्नै होटलमा घटना भएकोले गर्दा अहिले आफुहरुलाई पनि गार्‍हो भएको भन्दै होटल साहुले आफुलाई बताएको कौशिलाकी आमाको भनाई छ । अहिले करिव ३ महिना देखि छोरिसगँ सम्पर्क नभएको र खासमा के भएको हो त्यो पनि स्पष्ट जानकारी नभएको कौशिलाकी आमाले बताएकि छिन ।

उक्त घ’टना भएको करिव एक महिना पछि तिनै होटल संचालकले फोन गरि आफुहरु कौशिला सहित ३ जना जेलमा भएको र यहाँको वकिल लगाउनका लागि दुबैको २० हजार रुपैयाँ लाग्ने भएकोमा आफुहरुले १० हजाको बन्दोबस्त गरेकोले अब त्यताबाट १० हजार (नेपालि ३ लाख ) मिलाउनु भन्दै फोनमा भनेको कौशिलाकी आमाले बताईन । होटल संचालकले आफू पनि जे’लमा भएको भन्दै फोन गरेको तर कौशिलालाई बोल्न दिनु भन्दा बोल्न नमिले बताएकोले पनि वास्तविकता केही भन्ने अझै स्पष्ट नबुझेकी उनको भनाई छ ।

भिडियो हेर्नुस :-

Related Articles

Back to top button