हलिवूड/बलिवूड

कति छिटो बित्छ समय, बजरङ्गी भाईजानकी मुन्नी यस्तो जवान भइन् [ ९ तस्विर ]

काठमाडौं । धेरैले बजरङ्गी भाईजान भारतीय बलिउड नाट्य चलचित्र हेर्नुभएको हुनुपर्छ । त्यस चलचित्रका निर्देशक कबीर खान थिए र निर्माता सलमान खान र परवेज शेख रहेका थिए । चलचित्रमा सलमान खान पवन कुमार चतुर्वेदीको भुमिकामा रहेका थिए ।

करीना कपूर खानलाई रसिकाको भुमिकामा देखाइएको छ । नवाजुद्दीन सिद्दीकी पनि पाकिस्तानी संवाददाताको भुमिकामा रहेका छन् । स्व. ओम पुरी मौलाना साहबका रुपमा रहेका थिए । मुन्नी यी सबै कलाकारहरु भन्दा धेरै चर्चामा आएको नाम थियो । मुन्नीको वास्तविक नाम हर्षाली मल्होत्रा हो । सन् २०१५ अर्थात आज भन्दा झण्डै ५ वर्ष पहिले प्रदर्शनमा आएको चलचित्रमा बालिकाको रुपमा देखिएकी मुन्नी अहिले बद्लिएकी छिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

बालकलाकार मल्होत्राको उक्त समय निकै प्रसंशा भएको थियो । हर्षाली अब भने ठूली भएकी छन् । त्यस समयको तस्बिर र अहिलेको तस्बिर हेरर उनलाई चिन्नसमेत गाह्रो हुन्छ । उनी सामाजिक सञ्जालमा किनै सक्रिय रहेन गर्छिन् ।

उनले दीपावलीमा हातमा थाली लिएर सिरमा दुपट्टा लगाएको तस्बिर सावर्जनिक गरेसँगै फेरि चर्चामा आएकी हुन् । अहिले पनि उनको उमेर धेरै भएको छैन । उनको जन्म सन् २००८ मा भएको थियो । उनी अहिले १२ वर्षकी भइन् । तर जवान देखिन्छिन् ।

Related Articles

Back to top button