Auto News

किन्ने होइन त साढे ६४ लाखको गाडी अब १० लाख रुपैयाँमा ?

काठमाडौं । डीएफएसके मोटर्सको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल विन्टर अफर ल्याएको छ ।

उक्त अफर अन्गर्तत डीएफएसके मोर्टसको ग्लोरी ५६० एसयुभी कार १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने भएको छ ।

उक्त एसयुभीको मूल्य ५८ लाख ५० हजारदेखि ६४ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । कुजु नेपालले जम्मा १० लाख मात्र डाउनपेमेन्टमा गाडी उपलब्ध गराउने योजना ल्याएको हो ।

कम्पनीले अटो लोनको प्रावधान अनुसार कम्तिमा २९ लाख २५ हजारदेखि ३२ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्नु पर्ने भएपनि उक्त सुविधा दिएको हो । बाँकी रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै उक्त गाडी खरिदमा ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट र ५० हजार एक्सचेञ्ज बोनस, सहज फाइनासिङको अवसर र एक वर्षको वार्षिक सडक दस्तुर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

डिएफएसकेको हाल बजामरा ग्लोरी ५६० सहित ग्लोरी ५८० र ग्लोरी आई– अटो गरी ३ मोडलका एसयुभी उपलब्ध छन् । चिनियाँ ब्रान्डको यो एसयुभीलाई कम्पनीले इन्डोनेशियाबाट आयत गरी कारोबार गर्दै आइरहेको छ ।

१५ सय सिसी क्षमताको यो एसयुभी आकर्षक लुक्स र आधुनिक फिचर्सका कारण लोकिप्रय बनिरहेको छ । यो गाडी १.५ लिटर पेट्रोल टर्वोचार्जड् इन्जिन, ४ सिलिण्डर, १६ भल्भ डीओएचसी र १ हजार ४९८ सीसी क्षमता साथै ६ स्पीड म्यानुअल(सीभीटी) ट्रन्समिसन, ५० लिटर इन्धन क्षमता रहेको छ ।

यो सबैभन्दा राम्रो ठुलो क्याबिन भएको गाडी हो । आरामदायी सीटहरु भएकोले पनि लामो यात्राका लागि पनि उपयुक्त मानिएको छ ।

Related Articles

Back to top button