समाचार

गठबन्धनबाट धोका पाएपछि प्रधानमन्त्रीद्धारा राजीनामा घोषणा, नयाँ सरकार गठनको अर्को प्रक्रिया सुरु

काठमाडौं । मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै स्वीडेनकी प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको १२ घन्टामै राजीनामा दिइन् ।

गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् ।एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा नयाँ सरकार गठनको अर्को प्रक्रिया बढ्ने भएको छ ।

तर, स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बन्दै एन्डरसनले इतिहास रचेकी छिन् । स्वीडेनमा महिलाले मताधिकार पाएको एक सय वर्षपछि पहिलोपटक महिला प्रधानमन्त्री बनिन् ।

५४ वर्षीया एन्डरसन पूर्व पौडी च्याम्पियन हुन् । उनी उपसला विश्वविद्यालयमा अध्ययन गरी सन् १९९६ मा राजनीतिमा आएकी हुन् । एन्डरसन सन् १९९६ मा स्वीडेनका प्रधानमन्त्री गोरान परसनको राजनीतिक सल्लाहकार थिइन् ।

सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् ।

‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन् । ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन् ।

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए ।

संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए ।

गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ । ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने । स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

Related Articles

Back to top button