समाचार

चितवनमा हुन् लागेको महाधिवेशनको अघिल्लो दिन इतिहाँस मै नभएको घटना भएपछि…..

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ । महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीको कमाण्डमा प्रहरी खटिँदै छन् ।

नेकपा एमालेको दशौँ महाधिवेशनका कारण चितवनको होटल क्षेत्रमा रौनक थपिएको छ । एमालेले नारायणगढको नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्द सत्रको कार्यक्रम राखेको छ । महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म भए पनि चितवनका लगभग सबैजसो होटल मङ्सिर ९ देखि १३ गतेसम्मकै लागि बुकिङ भइसकेका छन् ।

महामारीका कारण दुई वर्षसम्म सुनसान रहेको मुख्य पर्यटकीय क्षेत्र यति बेला जुरमुराएको छ । केही समय पहिलेसम्म होटल बुकिङ नभएर हैरान भएका व्यवसायी अहिले होटलमा बेड नपुगेर त’नावमा छन् । सौराहासहित भरतपुर र नारायणगढ क्षेत्रका सबैजसो होटल एमालेको महाधिवेशनकै लागि बुकिङ भइसकेका छन् ।

सौराहामा इतिहासमा पहिलो पटक सबै खाले होटलका सबै कोठा बुकिङ भएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । जतिसुकै पर्यटक पुगे पनि यसरी एकै पटक सबै होटलका सबै कोठा यसअघि कहिल्यै बुकिङ नभएको सङ्घले जनाएको छ । अहिले भने साना, मझौला र ठूला गरी सबै खाले होटल एमालेका नेता, प्रतिनिधि, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधि र कार्यकर्ताले बुकिङ गरेका छन् ।

चितवनको मात्रै नभएर देशकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमध्येको एक सौराहामा सबै होटलमा गरेर ६ हजार पाँच सय बेड रहेका छन् । सबै होटल एमालेको महाधिवेशनका लागि बुकिङ भइसकेका छन् । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहाले अग्रसरता लिएर काम गरिरहेको छ । ६ हजार पाँच सय बेडमध्ये तीन हजार पाँच सय बेड बुकिङको सम्झौता भइसकेको छ । क्षेत्रीय होटल सङ्घ र नेकपा एमालेबीच चार करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

‘तीन हजार पाँच सय बेडका लागि हामीले चार करोड रुपैयाँ सम्झौता गरिसकेका छौँ । यसमध्ये ८० लाख रुपैयाँ एडभान्स प्राप्त भइसकेको छ, बाँकी रकम महाधिवेशन सकिएको १५ दिनभित्र दिने सम्झौता भएको छ ।’ ६ हजार पाँच सय बेडमध्ये एक हजार बेड एमालेको महाधिवेशनअघि नै अन्य पर्यटकले बुकिङ गरिसकेका, तीन हजार पाँच सय बेडका लागि एमालेसँग क्षेत्रीय होटल सङ्घले नै सम्झौता गरेको र बाँकी दुई हजार बेड पनि एमालेकै नेता, कार्यकर्ताका लागि छुट्याइएको भट्टराईले जानकारी दिए । दुई हजार बेड एमालेका नेता/कार्यकर्ताकै लागि भनेर अनलाइन बुकिङ नगरिएको उंनको भनाइ छ ।

एमालेको महाधिवेशनका लागि १० हजार बेड आवश्यक पर्ने अनुमान गरिएको र भरतपुर तथा नारायणगढ क्षेत्रका होटल पनि एमालेका नेता÷कार्यकर्ता, शुभचिन्तक, पर्यवेक्षक, सञ्चार माध्यमका प्रतिनिधिलगायतले बुकिङ गरिसकेका छन् । व्यवसायीले साना होटलको २५ सय, मझौलाको ३५ सय र ठूला होटलका कोठाको मूल्य पाँच हजार रुपैयाँ तोकेका छन् । खाना र खाजाको पनि सहुलियत मूल्य तोकिएको व्यवसायीले बताएका छन् । ‘महाधिवेशनको अवधिमा चितवनका होटलमा खाना र बस्न गरेर १० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको छ’, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भने ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसअघि ठूला दलले गर्ने कार्यक्रममा निःशुल्क खान बस्नका लागि द’बाब दिने गरे पनि अहिले एमालेको महाधिवेशनमा होटल व्यवसायीले नगद नै पाएको भन्दै खुसी व्यक्त गरे । ‘यसअघि दलका कार्यक्रम हुँदा निःशुल्क खान बस्नको सुविधा मात्रै होइन चन्दाको समेत माग हुन्थ्यो, अहिले त हामीले चार करोड रुपैयाँको सम्झौता नै गरिसकेका छौँ, यसले एउटा राम्रो सन्देश गएको छ’, भट्टराईले भने ।

महाधिवेशन उद्घाटनस्थल देखि बन्दसत्र हुने सौराहासम्म गरि एक हजार ४५५ भन्दाबढी सुरक्षाकर्मी खटाइने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल प्रहरी ८२१, शसस्त्र प्रहरी ४४९, ट्राफिक प्रहरी १८५ जना र अनुसन्धान विभागका कर्मचारीहरु खटिने उनले बताए । जिल्लाका सुरक्षाकर्मी अपुग हुने देखिएपछि बागमती प्रदेशबाट करिब सात सय सुरक्षाकर्मी थप गरिएको हो ।

महाधिवेशन उद्घाटनका दिन भरतपुर र नारायणगढ क्षेत्रको मुख्य सडकमा सवारी साधन चल्न पाउँदैनन् । महाधिवेशनमा सहभागी हुनेहरु समेत पैदल हिँडेर महाधिवेशन स्थलसम्म पुग्ने भएकाले ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखेर ‘नो भेइकल जोन’ बनाइएको उनले बताए । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने व्यवस्थापन गरिने उनको भनाइ छ ।

‘हामीले अत्यावश्यक सवारी साधन चल्ने भनेकै छौँ । एम्बुलेन्स हुन्छ, दमकल हुन्छ । विभागका गाडी, आकस्मिक रुपमा विदेश जानुपर्ने भएका मान्छेहरु हुन सक्छन् । मृत्यु संस्कारका मान्छेहरु हुन सक्छन् । ब्रतबन्धसँग सम्बन्धि जस्ता अत्यावश्यक सवारी साधनहरु चाँहि नारायणी पुल क्लियर गरेर पुलचोकबाट शिवघाटतर्फ जानेबाटोमा डाइभर्सनगरेर पूर्व र काठमाडौँ जान मिल्ने बनाउछौँ’, उनले भने ।

पश्चिमबाट आउने त्यस्ता गाडी र पूर्वबाट आउने विरामी बोकेका एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीलाई बाइपास सडक हुँदै काठमाडौँ, पोखरातर्फ जाने मिल्ने बनाइएको उनले जानकारी दिए । मुख्य राजमार्गमा एम्बुलेन्ससमेत चल्न नदिने भएको भनि समाचार आएपछि जिल्ला सुरक्षा समिति र एमालेको आलोचना भएको थियो ।

पूर्वबाट आएका गाडीलाई केन्द्रिय बसपार्क भरतपुरमा पार्किङ गरिने छ । त्यहाँ नआएका सवारी साधनलाई बसपार्कबाट गोन्द्राङतर्फ जाने पूर्व–पश्चिम राजमार्गको एकतर्फिमा पार्किङ गर्ने योजना छ । मुग्लिनतर्फबाट आएका गाडीलाई आँपटारीमा र पश्चिमबाट आएका गाडीलाई गैंडाकोटतर्फ नै पार्किङ गरिने उनले बताए ।

Related Articles

Back to top button