समाचार

यी ट्याटु आर्टिस्ट जसको मोबाइलमा भेटियो कक्षा ९ देखि १२ सम्म पढ्ने ४६ जना किशोरीको अ,’श्लिल भिडियो

१५ वर्षीया दीक्षा कार्की (नाम परिवर्तन) काठमाडौँको एक राम्रै परिवारकी सदस्य हुन् । बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत दीक्षालाई उनकी भाउजूले केही दिनअघि भोटाहिटीस्थित सा’इबर ब्युरोमा ल्याइन् ।

कुनै युवकले मा’नसिक या’तनासँगै यौन शोषण गरेको भन्दै दीक्षा भाउजूसँगै ब्युरोमा पुगेकी थिइन् ।खासमा दीक्षा जुन युवकबाट मा’नसिक या’तनासँगै यौ,’न शो’षणमा परेकी थिइन्, ती युवकलाई दीक्षाले चिनेकी थिइनन् । युवकले आफ्नो इन्स्टाग्राम आइडीबाट दीक्षालाई म्यासेज पठाएका थिए ।

युवकले आफू नेपाली नै भएको तर बैंककमा बस्ने गरेको बताए । युवकले किशोरीलाई कहाँ कति कक्षामा पढ्ने, घरमा को को हुनुहुन्छ लगायतका कुराहरू सोधे । दीक्षाले त्यसको जवाफ दिइन् । उनीहरू बिस्तारै फेसबुकमा समेत जोडिए । सामान्य औपचारिकताको कुराकानी चलिरहेकै समयमा एक्कासि युवकले दीक्षालाई अ’श्लील गा’लीसहितको म्यासेज पठाए ।

न चिनेको, न जानेको । अज्ञात व्यक्तिले गालीगलौज गर्दै म्यासेज पठाएपछि दीक्षालाई पनि रिस उठ्यो । उनले पनि युवकलाई अ’श्लील गा’ली गर्दै म्यासेज पठाइन् । केही समय दुवैबीच अ’श्लील गा’लीगलौज भयो ।त्यसलगत्तै युवकले दीक्षाले पठाएका ती सबै अश्लील गा’लीगलौजका स्क्रिनसट दीक्षालाई नै पठायो ।

अनि भन्यो, अब यो सबै स्क्रिनसट तिम्रो बुवा आमा तथा परिवार, तिम्रो स्कुलको प्रिन्सिपल र तिम्रा साथीहरूलाई पठाइदिन्छु र तिम्रो बे’इज्जती गराइदिन्छु ।१५ वर्ष मात्रै भएकी दीक्षा आत्तिइन् । आफूले कहिल्यै त्यस्तो बोल्ने गरेको परिवारलाई थाहा नभएको र प्रिन्सिपलले थाहा पाएमा स्कुलबाट नि’लम्बित समेत हुन सक्ने चिन्ता उनलाई भयो ।

त्यसपछि दीक्षाले ती युवकलाई त्यस्तो नगरी दिन अनुनय विनय गर्न थालिन् ।युवकले दीक्षाको त्यही डरलाई आफ्नो ह’तियार बनाए । अनि दीक्षासँग ब्ल्या’कमेल गर्न थाले । ‘तिमीले पठाएको म्यासेज तिम्रो परिवार र प्रिन्सिपल लगायतलाई नपठाउने भए तिम्रो स्त’नको ना’ङ्गो फोटो पठाऊ’ भनेर युवकले ब्ल्या’कमेल सुरु गर्‍यो ।

दीक्षाले युवकको प्रस्ताव अस्वीकार गरिन् । तर युवकले अनुहार नदेखाइ पठाउँदा के फरक पर्छ र । तिमी भन्ने पनि त चिन्दैन भन्दै फकाउन र ध’म्काउन थाल्यो । त्यसपछि दीक्षाले अनुहार नआउने गरी आफ्नो न’ग्न शरीरको फोटो खि’चेर युवकलाई पठाइन् ।

युवकले धेरै भन्दा धेरै फोटो पाइसकेपछि फेरि अर्को ब्ल्या’कमेल सुरु गर्‍यो कि तिम्रो आइडीबाट आएपछि तिमी नै हो भन्ने थाहा भइहाल्छ, अब अनुहार सहितको पठाऊ । दीक्षाले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेपछि युवकले फेरि दीक्षाको आइडीसमेत आउने गरी स्क्रिनसट गरेर अरूलाई पठाइदिन्छु भन्दै धम्काउन थाल्यो ।

दीक्षा बाध्य भएर अनुहार नै आउने गरी आफ्नो शरीरको न’ग्न फोटो पठाउन थालिन् ।सुरुमा अनुहारबाहेकको फोटो मागेको युवक झनै हौ’सिन थाल्यो र पछि अनुहारसहित आउने गरी नग्न शरीरको भिडियो नै माग्न थाल्यो । दीक्षाले आफ्नो इज्जत जोगाउन भन्दै युवकले जे जे भन्यो, त्यही गर्न थालिन् ।

युवकले दीक्षालाई नग्न शरीरमा ह’स्तमै’थुनसम्म गरेको भिडियो पठाउन भन्दै ध’म्काउन थाल्यो । दीक्षा युवकले जे जे भन्यो त्यही त्यही गर्न थालिन् । त्यसपछि युवकले दीक्षालाई आफू बैंककमा नभएर काठमाडौँमै भएको र भेट्न आउन दबाब दिन थाल्यो ।दीक्षाले भेट्ने प्रस्ताव अस्वीकार गर्ने कोसिस त गरिन् तर युवकले ध’म्काउन छाडेन ।

युवकको ध’म्की अब परिवार र प्रिन्सिपलभन्दा माथि पो,’र्न साइटमा हा’लिदिन्छु भन्नेसम्मको आउन थाल्यो । युवकले दीक्षाको अश्लील भिडियो पो,’र्न साइटमा अपलोड गरिसकेको भन्दै त्यसको स्क्रिनसट पनि दीक्षालाई पठाउन थाल्यो र भेट्न नआए त्यो पब्लिक गरिदिने भन्दै ध’म्की दिन थाल्यो ।

तत्काल भेट्न आउन र आफूसँग समय बिताउन धम्की दिन थालेपछि दीक्षा दिनानुदिन त’नावमा पुगिन् । उनी विद्यालय र घरमा खाली ढोका थुनेर बस्ने र झो’क्राउने गर्न थालिन् । युवकले दिएको त’नावले दीक्षा एक किसिमको डि’प्रेसनमा पुगिसकेकी थिइन् । के गर्ने के नगर्ने केही सोच्न सकेकी थिइनन् ।

पहिले सधैँ ‘कुल’ रहने दीक्षामा एक्कासि परिवर्तन आई सामान्य कुरामा पनि रिसाउने गर्न थालेपछि उनकी भाउजूले दीक्षाको गतिविधिमाथि नि’गरानी बढाउन थालिन् । दीक्षामा आएको परिवर्तनपछि भाउजूले दीक्षालाई बोलाएर सम्झाउँदै के भएको हो भन्नुस् भनेर सोधिन् ।

त्यसपछि बल्ल दीक्षाले आफू स’मस्यामा परेको र युवकले बारम्बार धम्की दिँदै मा’नसिक या’तना र यौ,’न शो’षण गरिरहेको बारे भाउजूलाई बताइन् । भाउजूले दीक्षालाई सम्झाउँदै तिमीलाई कुनै समस्या हुँदैन, त्यो व्यक्तिले तिमीलाई कुनै क्षति पुराउन सक्दैन हिँड उजुरी गरौँ र युवकलाई पक्राउ गरौँ भनेपछि दीक्षा तयार भइन् ।

बुवा, दाजु आदि कसैलाई पनि जानकारी नदिने शर्तमा दीक्षा भाउजूसँगै भोटाहिटीस्थित साइबर ब्युरोमा पुगिन् । अनि घटनाबारे महिला प्रहरीसँग बेलिबिस्तार लगाउँदै आफू अत्यन्तै त’नावमा पुगेको र डिप्रेसनको शि’कार भइसकेको बताइन् ।महिला प्रहरीले दीक्षालाई सम्झाउँदै त्यस्तो केही नहुने र युवकलाई पक्राउ गर्न सकिए ती प्रमाण सबै न’ष्ट गराउन सकिने भन्दै सम्झाएपछि दीक्षा केही स’म्हालिइन् र ब्युरोमा उ’जुरी दिइन् ।

प्रहरीले फेरि दीक्षालाई उक्त युवकसँग कुराकानी गर्न र भेट्न आउन तयार रहेको बारे बताउन भने । दीक्षाले युवकको मोबाइल नम्बर पनि मागिन्, तर युवकले मोबाइल नम्बर दिन मानेन । बरु आफूले तिमीलाई चिन्ने भएको कारण वसन्तपुरको कुमारी घर छेउमा आउन भन्यो ।

दीक्षाले प्रहरीसँगको समन्वयमा उक्त प्रस्ताव स्वीकार गरिन् र मङ्सिर २ गते दीक्षा सादा पोसाकका प्रहरीसँगै युवकलाई भेट्न वसन्तपुर पुगिन् । केही समयपछि युवक पनि त्यहीँ आइपुग्यो र आफू त्यही युवक भएको बताएसँगै प्रहरीले युवकलाई पक्राउ गर्‍यो ।

ती युवक थिए काठमाडौँ महानगरपालिका १२, भोटेवहाल घर भएको २० वर्षीय लव खड्गी । पेसाले लव एक ट्याटु आ’र्टिस्ट थिए र ऊ वसन्तपुरमा रहेको एक ट्याटु पसलमा काम गर्थे । आफू बैंककमा बस्ने गरेको बताए पनि लव कहिल्यै बैंकक पुगेका थिएनन् ।

काठमाडौँमै बसेर किशोरी र युवतीहरूसँग कुराकानी गर्थे र न’ग्न फोटो तथा भिडियो माग गरी ब्ल्या’कमेल गर्थ्यो । तर उसले कहिले पनि आफ्नो सक्कली नाम तथा ठेगाना बताउँदैनथिए । न त आफ्नो रियल फेस नै देखाउँथे ।साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार लव खड्गीले ४ दर्जनभन्दा बढी कि’शोरी र युवतीलाई यसै गरी रो’मियो ट्रया’पमा पारेको पाइएको छ ।

अर्यालका अनुसार खड्गीको नि’सानामा १५ देखि १८ वर्षसम्मका किशोरी बढी परेका छन् । कक्षा ९ देखि १२ कक्षासम्म पढ्ने किशोरीहरू खड्गीको रो’मियो ट्रया’पमा परेको पाइएको अर्यालले बताए ।साइबार ब्युरोका अनुसन्धान अधिकृत इन्स्पेक्टर बुद्धि सुवेदीका अनुसार खड्गीको मोबाइलको ल्याब परीक्षण गर्दा ४६ जना किशोरी तथा युवतीको न’ग्न फोटो र भिडियो पाइएको छ ।

सुरुमा खड्गीले आफूले दीक्षालाई मात्रै पी’डित बनाएको बताएका थिए । तर उनको मोबाइलको ल्याब परीक्षण गर्दा मोबाइलको भल्टमा नामसहित ४६ जना किशोरी तथा युवतीको न’ग्न फोटो तथा भिडियो पाइएको छ । यद्यपि खड्गीबारे पी’डितलाई जानकारी समेत नभएको कारण अहिले एकजनाले मात्रै उजुरी दिएको र सोही उजुरीको आधारमा पक्राउ परेको हो ।

खड्गीको मोबाइलमा भेटिएको न’ग्न फोटो तथा भिडियो हेर्दा खड्गीको नि’सानामा कक्षा ९ देखि १२ सम्म पढ्ने कि’शोरीहरू बढी पी’डित भएको पाइएको छ । खड्गीको मोबाइलमा भेटिएको फोटो तथा भिडियोको विश्लेषण गर्दा अधिकांश किशोरी १५ देखि १८ वर्ष उमेर समूहका रहेका छन् ।

ती सबै कि’शोरीहरूलाई सोही तरिका अपनाएर पी’डित बनाएको खड्गीले बयान दिएका छन् ।किशोरी तथा यु’वतीहरूलाई फ’साउन खड्गीले सुरुमा इन्स्टाग्रामकै सा’हारा लिएको देखिन्छ । सुरुमा इन्स्टाग्रामबाट किशोरी तथा युवती छा’नीछानी म्यासेज पठाउँथे ।

ती कसैलाई पनि खड्गीले चिनेका हुँदैनथे । जब उताबाट म्यासेजको रिप्लाई आउँथ्यो, तब खड्गी कुराकानी सुरु गर्थे । आफू बैंककमा बस्ने गरेको भन्दै खड्गी सुरुमा किशोरी तथा युवतीको बारेमा जानकारी लिन्थे । अनि कुराकानीकै क्रममा एक्कासि अ’श्लील शब्दहरू प्रयोग गर्दै गा’लीगलौज गर्थे ।

त्यसपछि किशोरी वा युवतीले पनि त्यसै गरी गा’लीगलौज सुरु गरेमा ती सबै गा’लीग’लौजलाई खड्गी स्क्रिनसट गरेर राख्थे र विद्यालयको प्रिन्सिपल, बुवा, दाई आदिलाई पठाइदिन्छु भन्दै ध’म्काउँथे । किशोरी तथा युवतीहरू ड’राएर त्यसो नगर्न आग्रह गर्थे ।

अनि त्यही आग्रहलाई खड्गी ब्ल्या’कमेल गर्न थाल्थे र दीक्षालाई गरेजस्तै गरेर न’ग्न फोटो तथा भिडियो माग गर्थे र भेट्न बोलाउँथे । भेट्न बोलाउनुको उद्देश्य यौ,’नसम्बन्ध स्थापित गर्नुसम्मको रहेको इन्स्पेक्टर सुवेदीले बताए ।साइबर ब्युरोले पक्राउ गरेका लव खड्गी वसन्तपुरमै रहेको एक ट्या’टु पसलमा ट्याटु आर्टिस्ट थिए ।

लवले उक्त पसलमा ट्याटु बनाउन आउने कतिपय महिला तथा युवतीको स्त’न लगायतका अ’ङ्ग देखिने गरी फोटो र भिडियोसमेत बनाएर राखेको पाइएको ब्युरोले जनाएको छ । इन्स्पेक्टर सुवेदीका अनुसार कतिपय युवती र महिलाले आफ्नो स्त’न तथा अन्य संवेदनशील अ’ङ्गको वरिपरि पनि ट्याटु बनाएका छन् ।

त्यस्ता अ’ङ्गको ट्याटु बनाउँदा लवले फोटो तथा भिडियो खिच्ने गरेको र ती फोटो तथा भिडियोलाई पनि नामसहितको फो’ल्डर बनाएर मोबाइलमा सामान्य अवस्थामा नदेखिने गरी भ’ल्ट बनाएर राखेको पाइएको छ ।साइबर ब्यूरोको टोलीले खड्गीलाई पक्राउ गरी ल्याएपछि त्यसो गर्नुको कारणबारे सोध्दा उसले रमाइलो र यौ,’न आनन्दका लागि मात्रै त्यसो गरेको बयान दिएको छ ।

प्लस टु पास गरेका खड्गीले पो,’र्न साइटमा अपलोड गरेको जस्तो देखिए पनि आफूले पो,’र्न साइटमा अपलोड नगरेको दा’बी गरेको छ । यद्यपि पो,’र्न साइटमा ती फोटो र भिडियो अपलोड गरेको हो कि होइन भनेर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।मदन ढुङ्गाना / राताेपाटी

Related Articles

Back to top button