समाचार

युवा विद्यार्थी नेता जस्को स्कुटर दुर्घटनामा ज्यान गयाे

गाेरखा – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको दुर्घ”टनामा ज्या’न गएकाे छ । पालुङटार नगरपालिका ४ घर भएका देवकोटाको तनहुँको भन्सार भन्ने ठाउँमा मङ्गलवार भएको दुर्घ’टनामा ज्या’न गएकाे हाे ।

डुम्रे जाँदै गरेका देवकोेटा चढेको बा ४५ प २३८ नम्बरकाे स्कुटरलाई ना ६ ख ९१३४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठ’क्कर दिएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी सहायक निरीक्षक डम्बर क्षेत्रीले बताउनुभयो ।

ठ’क्करबाट ग’म्भीर घा’इते भएका देवकोटाको डुम्रेको मोती अस्पतालमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा ज्या’न गएकाे उहाँले बताउनुभयो ।ठ’क्कर दिने बसका चालक गोरखाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button