रोचक

जोम्बी एन्जेलिना जोलीलाई १० वर्षको जेल सजाय

काठमाडौं। जोम्बी एन्जेलिना जोली भनेर चिनिने इरानकी किशोरी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि ईशनिन्दा, अनुचित साधनको प्रयोग गरेर पैसा कमाएको र युवाहरुलाई भ्रष्टाचारको लागि प्रोत्साहित गरेको लगायतका आरोप लगाइएको डेलीमेलको रिपोर्टमा जनाइएको छ । १९ वर्षकी तबरले एन्जेलिना जोलीजस्तै देखिनको लागि आफ्नो कैयौं पटक प्लास्टिक सर्जरी गराएकी छिन् ।

उनी इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् । गएको अक्टोबरमा उनलाई सामाजिक संजालमा उनका गतिविधिका कारण पक्राउ गरिएको थियो । रिपोर्टका अनुसार उनका वकिलले उनलाई १० वर्षको सजाय सुनाइएको पुष्टि गरेका छन् । तबरले प्लास्टिक सर्जरीपछि आफ्ना तस्वीरहरुको एक सिरिज पोस्ट गरेपछि उनी इन्स्टाग्राममा निकै चर्चित भएकी थिइन् । तबरले कस्मेटिक सर्जरीको माध्यमबाट आफ्नो अनुहार बदलेकी थिइन् ।

उनको अनुहार एन्जोलिना जोलीसँग मिल्दोजुल्दो त छ तर निकै डरलाग्दो देखिन्छ । यी तस्वीरहरुलाई जोम्बी एन्जेलिना जोलीको रुपमा डब गरिएको थियो । सहर तबरले ५० प्लास्टिक सर्जरी गराएको पनि दावी गरिन्छ तर यसको पुष्टि भएको छैन । तबरले आफूलाई एन्जेलिना जोलीकी सबैभन्दा ठूली फ्यान बताउँछिन् । आफ्नो अनुहारमा यस्ता प्रयोगलाई उनी कला भन्छिन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Related Articles

Back to top button