समाचार

फेरी मौसमले दियो यस्तो चुनौती, मौसमविद्ले दिए चेतावनी

काठमाडौ । खेतमा लहलह झुल्दै गरेको धान सखाप पारेको मौसमले फेरी चुनौती दिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मौसमविद्ले सतर्क रहन चेतावनी दिएका छन् ।

उक्त प्रणालीको प्रभावले पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानका हल्कादेखि मध्यम वर्षा रहेकाले सतर्क रहन चेतावनी दिइएको हो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् निराजन सापकोटाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

विभागले देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मात्रै हिमपातको सम्भामवना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

Related Articles

Back to top button