भिडियो

आमाको वास्तबिक जीवनको कहानी सुन्दा अन्जु पन्तको छोरीको आशु थामिएन

काठमाण्डौ। गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्त एकसाथ मिडियामा आएका छन् । पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतको प्रचार गर्ने हेतुले उनिहरु सँगै मिडियामा देखिएका हुन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

पन्तकै स्वरमा रहेको गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।

कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् । कुराकानीकै क्रममा एक्कासी माहोल भावुक बन्यो । छोरीले विगतलाई सम्झिँदा अञ्जु भक्कानिएर रोइन् । आमा रोएपछि परितोषिकाका आँशु पनि थामिएनन् । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button