समाज

श्रीमानले अस्पताल लगेर बच्चा जन्माउने आधार निकाल्न लगाए, अब म बच्चा जन्माउन सक्दिन : लामा

काठमाडौं । चर्चित रक गायिकाको परिचय बनाउँन सफल सरस्वती लामाको सम्बन्धमा दरार आएको केही महिना पुरा भएको छ । स्टेज कार्यक्रममा अनेक हर्कत गरेर चर्चामा आएकी गायिका लामा र उनका श्रीमान धनबहादुर लामाबीच दूरी बढेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

११ वर्ष अघि वैवाहिक जीवनमा बाँधिएका उनीहरुबीच अहिले फाटो आएको हो । गायिका सरस्वतीले श्रीमान धनबहादुर लामाले ज्यान नै बाँकी नराख्ने चेतवानी दिएको आरोप लगाएकी छिन् । हालै काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै जीवनरक्षाका लागी पनि आग्रह गेरेकी छिन् ।

आफुलाई श्रीमान धनबहादुर लामाले झुटो आरोप लगाएर दु:ख दिइरहेको आरोप लगाएकी उनले आफूमाथि लगाएको आरोपमा प्रमाणसमेत मागेकी छन् ।यसअघि उनका श्रीमान धनबहादुर लामाले श्रीमती सरस्वतीले एक करोड ६ लाख ठगि गरेको आरोप लगाएपछि गायिका सरस्वतीले पत्रकार सम्मेलन गर्दै सो आरोपको खण्डनसहित प्रमाण दिन चुनौती दिएकी छिन् । उनले भनिन, ‘एक करोड आम्दानी नै नभएको मान्छेको मैले कसरी एक करोड ठग्न सक्छु ?’

विवाह गरेको केहि बर्ष पछि श्रीमान धनबहादुर लामाले अस्पताल लगेर अप्रेसन गरि बच्चा जन्माउने आधार निकाल्न लगाएर आफ्नो बच्चा नहुने बनाएको सरस्वतीको गम्भीर आरोप छ । ६ बर्ष अघि देखिनै श्रीमान सँगको सम्बन्ध विग्रिएको बताउँदै उनले आफुले डिभोर्स मागेका कारण गलत आरोप लगाएर आफुलाई बदनाम गराउँन खोजेको बताइन् ।

Related Articles

Back to top button