तातो पानी पिउने बानी छ एकचोटी अवश्य पढ्नुहोस् !
हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बच्न सकिन्छ । यसका फाइदाहरु :
-तौल कम गराउँछ:
तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।
चिसो हुनबाट बचाउँछ:
यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।
महिनावारीको दुःखाइ कम
महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ ।
शरीर सफा
तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ।
अनुहारमा कलिलोपना
तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछ र चमक पनि बढ्नेछ ।
कपालको लागि पनि फाइदाजनक
तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।
पेटलाई दुरुस्त राख्छ
तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।
रक्त सञ्चारलाई सन्तुलन
शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । र यसको लागि तातोपानी पिउनु लाभदायक हुन्छ ।
ऊर्जा बढाउँछ
सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । र पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।
जाडोको दुःखाइ कम
तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्छ ।