समाचार

तीन तले पक्की घरको एक तला जमिन मुनी भासियो

रामेछाप । रामेछाप जिल्लामा अवरिल बर्षासँगै मन्थली नगरपालिका–१ बसपार्क नजिकै तीन तले पक्की घरको एक तला भासिएको छ । सम्भवतः रामेछाप जिल्लामा पक्की घर जमिनमुनी भासिएको पहिलो घटना बन्न पुगेको छ ।हिजाे शुक्रवार बिहानबाट चर्किएको घर माथिबाट पहिरो आउदा घरमा समस्या भएको थियो ।पक्की घर जमिनमुनी भासिएकोे देख्दा स्थानिय अचम्ममा परेको छ । गएराती चर्किएको घर अहिले एक तला नै जमिनमुनी भासिएको छ । पाँच बर्ष अघि हिराबहादुर माझीले उक्त स्थानमा घर निर्माण गरेका थिए ।

अहिले बर्षासँगै घरमाथि पहिरो आएकै कारण घर नै भासिएको छ । मन्थलीवासीले माझीको घर भासिनुलाई आश्चार्यको रुपमा लिएका छन् । मन्थली नगरपालिका नगर प्रमुख रेमश बस्नेतले स्थानीय हिरा बहादुर माझीको घर भासिनु नगरपालिकामा पहिलो घटना भएको बताए ।

शुक्रबार बेलुका सम्म तीन तला नै थियो, आज बिहान उठदा एक तला भासिएर दुई तला मात्र भएछ भन्दै स्थानिय उक्त गर हेर्न जान थालेका छन् । घरबाट अरु वस्तीमा क्षति हुन नदिन नगरपालिकाले घरलाई भत्काउने काम अगाडि बढाएको छ ।घरधनी हिरा बहादुर माझीले पाँच बर्ष अघि करिब एक करोड लगानीमा निर्माण गरिएको घर भासिदा विक्षिप्त बनेका छन् ।

माझीले भने जीवनभर कमाएको पसिनाबाट बनाएको तीन तले घर हेर्दाहेर्दा एक तला भासियो, अब सुकुम्बासी हुने अवस्था आयो । घर मासिएपछि अब घडेरी पनि नहुने चिन्ता थपिएको बताउदै घर भासिएसँगै आफ्नो परिवारको सपना पनि भासिएको माझीले बताए ।

Related Articles

Back to top button