मनोरंजन

बिहेपछि सिन्दुर पोते र रातो साडीमा झनै सुन्दरी देखिइन् श्वेता [फोटो/भिडियो]

नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछिको जीवन सुरु गरेकी छिन् ।

सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी श्वेता सिन्दुर, पोते र रातो चुरा अनि साडीमा निकै खुलेकी छिन् ।

आँफैमा सुन्दरताकी खानी श्वेता मेकअप सहित विबाहको भोली पल्टको दिनमा झनै राम्री देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत धनगडीबासी हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु छन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए ।

Related Articles

Back to top button