रोचक

५ वर्षको प्रेमपछि यी दिदीबहिनीले गरे बिहे, भन्छन् ‘अब सधै सँगै बस्छौं’

धनगढी: एक अनौठो विवाहबारे खबर आएको छ। ५ वर्षसम्मको प्रेमपछि एक दिदीबहिनीले विवाह गरेका छन्। नातामा काकी छोरी अर्थात बहिनी पर्ने दुवैले गत महिनामा बिहे गरेका हुन।

भारतको राँचीस्थित झुमरी तिलैयाका ती दुवै लेसबियन अर्थात समलिंगी मध्ये एकको उमेर २४ वर्ष र अर्कीको उमेर २० वर्ष रहेको छ। बिहेपछि कुनै समस्या नहोस भन्दै अब ती दुवैले अर्कै शहर गएर बस्न चाहेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ।

उनीहरुले अब जेसुकै समस्या आएपनि एकअर्कालाई नछाड्ने बताएका छन्। उनीहरुले आफुहरुलाई कसैले लेसबियन कपल भन्दापनि कुनै समस्या नहुने बताएका छन्।

आफ्नो प्रेम सम्बन्धबारे परिवारलाई नबताएका उनीहरुले झुमरी तिलैयाको एक शिव मन्दिरमा बिहे गरेको बताइएको छ। न्यूयार्कमा बस्ने अन्जली चक्रवर्ती र सूफी सन्डल्सको नाताबाट प्रभावित भएर बिहे गरेको उनीहरुले बताएका छन्।

ती मध्ये एक युवतीले स्नातक तह र अर्कीले इन्टरमिडियट सम्मको अध्ययन गरेका छन्।

Related Articles

Back to top button