भिडियो

माईत जान्छु भनेर हिंडेकी श्रीमतीले भारत पुगेर ‘मैले घर छोडेर हिंडेको, तिमीलाई माया मारेको’ भनेर फोन गरेपछि ओम बहादुरको दिन रोएरै बितेको छ (भिडियोसहित)

काठमाण्डौ । ‘अर्काको बिहेमा बाजा बजाएर भएपनि मैले श्रीमतीलाई सुख्खमै राखेको थिएँ । आज उसैले मलाई मेरो दुई छोरीहरु साथैमा बोकेर छोडेर गई । मलाई यो उमेरमा एक्लै बनाएर गई ।’ यो भनाई हो नवलपुर कावासोतीका ओम बहादुर पुनको । उनी ५४ वर्षको छन् । ओम बहादुर यतिबेला आफ्नो सानासाना नानीहरुलाई सम्झिंदै रोईरहन्छन् ।

ओम बहादुरको भनाईमा उनी श्रीमतीले भएको सबै पैसा र गहनाका साथै आफ्ना दुई छोरीहरुलाई लिएर भारत गएकी छन् । माईत जान्छु भनेर हिंडेकी श्रीमतीले आफुलाई रित्तो बनाएर गएको कुरा श्रीमतीले नै फोन गरेर साथ छोडिसकेको भनेपछि उनले थाहा पाएको बताए । श्रीमती र छोरीहरु सम्झिंलै ओम बहादुर रुँदै भन्छन्,‘कार्तिकको २४ गते गएकी हो । उस्ले मलाई २८ गते फोन गरेर तँलाई माया मारेर आएको हो । तेरो छोरी पठाईदिन्छु भनी । मलाई बितरा पारेर गई ।’

सुन्दैपनि कसरी गर्न सकेको होला भन्ने लाग्छ हामीलाई सहने ती ओम बहादुरले कसरी सहेका होलान् यो उमेरमा यस्तो पिडा ? उनको छिमेकीले समेत ओम बहादुरले दुःख गरेरै भएपनि स्वानीलाई सुखमै राखेको बताउँछन् । छिमेकीहरुले ओम बहादुरको आँशु देख्न नसकेर श्रीमतीलाई जहाँ छौ त्यहीबाट घर सम्झेर फर्कन आग्रह समेत गरेका छन् । गाउँलेहरुको भनाई अनुसार ओम बहादुरले श्रीमतीलाई आफ्नो क्षमताले भ्याएसम्म रानी जस्तै गरी राखेका थिए रे ।,,,भिडियो हेर्न तला क्लिक गर्नुहोला,,,

श्रीमतीले छोडेको एक महिना हुनै लाग्यो । यो अवधिमा ओम बहादुरले आफुले दःख सहेरै भएपनि श्रीमतीलाई उनको खुशीमा रोखेको सम्झंदै नरोएको दिन छैन भन्छन् उनी । पुरै परिवारका साथमा बसेका ओम बहादुर अहिले एक्लै बस्नु पर्दा आफ्ना ती आखाँका नानीहरुलाई सम्झंदै रोएरै दिन बिताउँछन् उनी । उनी भन्छन्,‘मलाई छोरीहरुको धेरै याद आईराको छ ।’ श्रीमतीले श्रीमान र श्रीमानले श्रीमतीलाई धोका दिएका घटनाहरु हिजोआज नेपाली समाजमा निकै नै घट्दै गईरहेको घटना आज ओम बहादुरको जीवनमा पनि घटेको छ । भिडियो

Related Articles

Back to top button