समाचार

तिहारको खुसियाली मनाउंदै गर्दा बाबुले लिए छोराको ज्या’न

आफ्नै बावुको च क्कु प्र’हा’रबाट रुपन्देहीमा एक किशोरको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ११ सञ्जिवनीका ४३ वर्षीय शेरबहादुर गुरुङले आफ्नै छोरा १९ वर्षीय पदम बहादुर गुरुङलाई प्र’हा’र गरेका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिवार सांझ यो घटना घटाएपछि गम्भीर घाइते भएका पदमको राति मृत्यु भएको हो।

रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीका अनुसार बाबुको प्र’हार’बाट बायाँ खुट्टाको ति’घ्रामा ग’म्भीर चो’ट लागेका पदमको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरी घर पठाइएको थियो।

खुट्टामा ३ वटा टां’का लगाई अस्पतालबाट घर गएका पदम राति ११ बजेतिर एक्कासी बे’होस भएको र पुनः अस्पताल ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले पदमलाई चक्कु प्रहार गर्ने बाबु शेरबहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको जनाएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button