भिडियो

बिवाह पछि डोली चढ्नु अघि खुप रोईन स्वेता, आफन्तको पनि चल्यो रुवाबासी (भिडियो सहित)

काठमाडौं : अभिनेत्री श्‍वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। श्‍वेताले आइतबार मात्रै सामाजिक सञ्‍जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्‍वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।

लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् ।

Related Articles

Back to top button